२१ आषाढ २०८२, शनिबार

उदयपुर सिमेन्ट उद्योगको सामानबोकेको लरि पल्टियो

५ घन्टा सडक अबरुद्ध

संबाददाता: सम्बादाता

गाईघाट , १८ असोज ।

सगरमाथा राजमार्गको गाईघाट कदमाहा सडक खण्डको चुरेको जङ्गलमा भारतको छ्तिसगढबाट आउदै गरेको लरि त्रियुगा नगरपालिका ६ लालपत्ताको जङ्गलमा सडक भासिएर दुर्घटना भएको छ ।

उदयपुर सिमेन्ट उद्योगको चुनढुङा पेल्ने ट्यान्कर बोकेर आएको सिजि ०७AA९२०७ नम्बरको २२ चल्के लरि दुर्घटना हुँदा सिमेन्ट पेल्ने सामान १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
लरि सडक छेउ भासिदा ६ घण्टा लामो सडक अबरुद्ध बनेको इलाका प्रहरी कार्यालय जलजलेका सहायक निरीक्षक घनश्याम पोखरेलले जानकारी दिनुभयो ।