२१ आषाढ २०८२, शनिबार

१४ बर्षिया बालिकालाई पटकपटक बलात्कार

२०८० फागुन ८ बालिका बलात्कृत

संबाददाता: औलोबिजय राईडोने

गाईघाट १७ भदौ ।

१४ बर्षिया बालिकालाई पटकपटक जबर्जस्ती बलात्कार गरेको अभियोगमा खोटाङमा एक युवक पक्राउ परेका छ्न ।

प्रहरीले साकेला गाउपालिका १ बाझेच्यानडाडाका बर्ष ३१ का शम्भुघन राईलाई पक्राउ गरेको हो ।शुक्रबार पक्राउ परेका राईलाइ खोटाङ प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

राईले बालिकालाई पटकपटक जबर्जस्ती बलात्कार गरेका थिए ।पछिल्लोपटक २०८० फागुन ८ बालिका राई द्वारा बलात्कृत भएकी थिइन् ।उनले बालिकालाई घरमै जबर्जस्ती बलात्कार गरेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

पीडित बालिकाको अभिभावकको उजुरीको आधारमा राईलाई शुक्रबार दिउसो पक्राउ गरिएको खड्काले बताए ।अदालतबाट ५ दिनको म्याद थप गरि राईलाई हिरासतमा राखिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।