२८ आश्विन २०८३, बुधबार

उदयपुरको बेलकाबाट १५९ केजी ४०० ग्राम गाँजासहित एक जना पक्राउ

चेकजाचमा गाजा र मानिस पक्राउ

संबाददाता: संघीय सम्बाददाता

रामपुरठोक्सिला,२७ असोज ।
उदयपुरको बेलका नगरपालिका–५, सुपाडे देउरालीबाट १५९ केजी ४०० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार २०८३ असोज २६ गते दिउँसो करिब ४:३० बजे प्रहरी चौकी लालबजार, उदयपुरबाट खटिएको ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोलीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५२९० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो।

पिकअपमा रहेका ६ वटा बोराभित्र १५९ केजी ४०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजासहित पिकअप चालक सप्तरीको सप्तकोशी नगरपालिका–८, आदोरा निवासी करिब २८ वर्षीय पशुपति साफीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका साफी, बरामद गाँजा र पिकअपलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।