२८ आश्विन २०८३, बुधबार

उदयपुरमा ९४० किलोभन्दा बढी गाँजासहित बोलेरो नियन्त्रणमा

गाजाको नाका उदयपुर बन्दै कडा निग्रानी बढाउदै

संबाददाता: संघीय सम्बाददाता

असोज २७ असोज ।
बेल्टार / उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट प्रहरीले ९४० किलो ४४० ग्राम गाँजासहित एउटा बोलेरो गाडी नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्राप्त विवरणअनुसार, २०८३ असोज २६ गते राति करिब २ बजे चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानिटार–बेल्टार भित्री सडकखण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले उक्त गाडी नियन्त्रणमा लिएको हो।

प्रहरीले सोही स्थानमा पार्किङ गरी राखिएको बा १४ च २२५५ नम्बरको बोलेरो गाडीबाट २९ वटा बोरामा राखिएको ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको जनाएको छ। उक्त तौलमा बोरासमेत समावेश रहेको प्रहरी विवरणमा उल्लेख छ।

घटनामा संलग्न व्यक्तिहरू हाल फरार रहेको र उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ ।