संबाददाता: संघीय सम्बाददाता
उदयपुर, २८ असोज ।
उदयपुरको बेलका नगरपालिका–१ स्थित एक किसानको धानबारीमा हात्ती मृत अवस्थामा फेला परेको छ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटरको दूरीमा रहेको धानबारीमा हात्ती मृत भेटिएको हो।
सम्बन्धित निकायबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार मृत भेटिएको हात्तीलाई ‘सानो दारे’ नामले चिन्ने गरिन्थ्यो। उक्त हात्ती पछिल्लो एक वर्षभन्दा बढी समयदेखि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमै बस्दै आएको बताइएको छ।
धानखेतमा हात्ती मृत फेला परेपछि स्थानीय क्षेत्रमा चासो बढेको छ। यद्यपि, हात्तीको मृत्युको कारणबारे भने हालसम्म विस्तृत विवरण प्राप्त भएको छैन।
हात्तीको मृत्युको वास्तविक कारण, घटनाको अवस्था तथा सम्बन्धित निकायको थप अनुसन्धान भैइरहेको छ ।