संबाददाता: सम्बादाता
रामपुर,६ असोज । उदयपुरको बेलका नगरपालिका–४ लच्काबाट प्रहरीले ब्राउनसुगरजस्तो देखिने पदार्थसहित विभिन्न प्रकारका लागूऔषध र एउटा मोटरसाइकल बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले हिजो सोमबार दिउँसो करिब ४ बजे लच्कामा सवारीसाधन चेकजाँच गर्ने क्रममा रामपुरबाट लालबजारतर्फ जाँदै गरेको बा ६२ प १८२० नम्बरको मोटरसाइकल बरामद गरेको हो ।
प्रहरीका अनुसार उक्त मोटरसाइकल चालकले प्रहरीलाई देखेपछि मोटरसाइकल छाडेर फरार भएका थिए।
शंका लागेर मोटरसाइकल जाँच गर्दा त्यसमा लुकाइछिपाइ राखिएको २.७२० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ, २० ट्याब्लेट नाट्राजेपाम र १ हजार ५ सय १० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषधसहित मोटरसाइकल नियन्त्रणमा लिएर फरार व्यक्तिको खोजतलास गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।