२८ आश्विन २०८३, बुधबार

जन्मदिनको अबसरमा महि

सेवा नै धर्म हो ,यो कर्म नै धर्म हो

संबाददाता: सम्बादाता

जन्मदिनको अबसरमा गाईघाटको स्थानीय व्यापारीले प्रचण्ड गर्मीमा महि खुवाउदै आफ्नो जन्मदिन मनाएको छ । आफ्नो पसल अगाडि एक ब्यानर लगाई  ४६ औ जन्मोत्सवको अबसर पारेर गाईघाटबजार आएको सर्बसाधरणलाई गर्मीमा महि खुवाउदै आउनु भएको छ ।

 

“हाम्रो मौलिक खानपानलाई संरक्षण गरौ ,स्वास्थ्य र आत्मनिर्भर बनौ ” नाराको साथमा स्थानीय समाजसेवी तथा ब्यापारी  बिनोद प्रसाद गुप्ताले महि बितरण गर्नुभएको छ ।

प्रत्येक बर्षको जन्मोत्सवको दिन गरिब ,असायलाई लत्ताकपडा खाध्यान्न बितरण गर्दै आउनु भएको थियो भने ४६ औ जन्मदिनको अबसरमा गाईघाटको गर्मीमा सर्बसाधरण तथा स्थानीय इष्ट्मित्रहरुलाई महि खुवाउदै बिहानदेखी नै महि खुवाउने कार्यक्रमगरि खुशी साटासाट गर्दै आउनुभएको छ ।

सामाजसेवी  गुप्ताको जन्मदिनमा महि खादै हयाप्पी बर्थडे भन्दै उहाँलाई आशीर्वाद दिएको हो ।

बैधनाथ गुप्ताको  दुई छोरा र दुई छोरी मध्य बिनोद जेठो  छोरो हुन ।

स्थानिय  महिलाई प्रबर्द्धन गर्ने स्वस्थ  हुने हुँदा  यो गर्मीमा सबैलाई महि खुवाउन पाउदै  जन्मदिको खुशी साटा गर्नुभएको हो ।