२० माघ २०८२, सोमबार

उदयपुरमा  २ स्वतन्त्र सहित  ३१ उम्मेदवार प्रतिनिधि सभा सदस्य मनोनयन दर्ता  

चुनाब शान्ती भयरहित ढुक्क हुने मुख्य निर्वाचन अधिकृतको आसवासन

संबाददाता: यमन राईडोने

उदयपुर, ६ माघ ।
आगामी फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा सदस्यकाे निर्वाचनका लागि उदयपुरकाे निर्वाचन क्षेत्र नं. १ बाट एक स्वतन्त्रिरसहित १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी क्षेत्र नं. २ बाट एक स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिने एक/एक जना रहेका छन् । १ नम्बर क्षेत्रबाट  देवराज राेका  (कल्याण )र २ नं. बाट मेजरकुमार राईले उम्मदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार  चुनाब शान्तिमय र ढुक्क हुने बिश्वासको साथ  सबै तयारी हुँदै गएको बताउनुभयो । उहाका अनुसार क्षेत्र नं. १ मा नेकपा एमालेका  दुर्गाकुमार थापा  र क्षेत्र नं. २ मा अम्बर रायमाझीले उम्मेदवारी दर्ता गराएका छन् भने  नेपाली काङ्ग्रेसकाे तर्फबाट  क्षेत्र नं. १ बाट बिदुर बस्नेत र २ नं. बाट रामकुमार राईले उम्मेदबारी  दर्ता गराएका  छन् । त्यसैगरी  नेपाली कम्युनिष्ट पार्टीबाट १ नं. क्षेत्रबाट बलदेव चाैधरी र २ नं. बाट सुरेशकुमार राई (हिमाल) ले उम्मेद्वारी दर्ता गराएका हुन् ।

स्वतन्त्र पार्टीबाट क्षेत्र नं. १ बाट पारसमणी गेलाल र २ नं. बाट सुर्यबहादुर तामाङले उम्मेदवारी दर्ता गराए भने  राप्रपा क्षेत्र नं. १ बाट सुवासचन्द्र खड्का र २ नम्बर क्षेत्रमा  बिष्णुबहादुर खड्का रहेका छन्  ।  जनता समाजबादी पार्टीले  १  निर्वाचन क्षेत्रमा  गणेशकुमार राई र  २ नम्बर क्षेत्रमा  केशब बहादुर मगर छन भने  श्रम संस्कृती पार्टीबाट क्षेत्र नं. १ मा राजेश राई र २ नं. बाट बलराज राईले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नेमकिपाका तर्फबाट  १ नं. क्षेत्रमा  बिष्णुबहादुर खत्री र २ नं. मा पुर्णबहादुर बुढाथाेकी रहेका छन् ।  अर्का आम जनता पार्टीबाट क्षेत्र नं. १ मा मनाेजकुमार पाैडेल र २ नं. बाट बमबहादुरमगर छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादि)ले १ नं. बाट अमृतबहादुर खत्री र २ नं. बाट दुर्गबहादुर तामाङले  मनोनयन दर्ता गरेका  हुन्  ।

मङ्गाेल नेशनल अर्गनाईजेसनबाट १ नं. मा बद्री बिक्रम राई र २ नं. मा भास्कर राई रहेको छ ।
जनमुक्ति पार्टीबाट  १ नम्बर क्षेत्रमा गाेकर्ण राई र  नागरिक सर्बाेच्चता पार्टी नेपालबाट प्रशान्तकुमार राई त्यसैगरी  संयुक्त नागरिक पार्टीबाट सुरेश राई, नेपाली जनता दलबाट कुशेश्वर चाैधरी, राष्टृय  जनमाेर्चाबाट लिलकुमार राई र
उज्यालाे नेपाल पार्टिबाट अर्जुन तामाङले उम्मेदवारी दर्ता गराएका हुन ।
राष्ट्रिय परिबर्तन पार्टीका तर्फबा २ नम्बर  निर्वाचन क्षेत्रमा अरुण राईले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

 

स्वतन्त्र उम्मेदवारी दिने एक/एक जना रहेका छन् । १ नं. बाट देवराज राेका र २ नं. बाट मेजरकुमार राईले उम्मदवारी दिएका छन् ।