संबाददाता: यमन राईडोने
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका – ७ होक्से स्थित मदन भण्डारी लोकमार्गको गाईघाट – नेपालटार सडक खण्डमा चुहाडे जाँदै गरेको स १ त २८२५ नं. को ट्याक्टर (सिमेण्ट घोल्ने मिक्चर मेसिन जडान भएको) होक्सेस्थित आफै ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने २ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेका ४३ बर्षिय राजा हुसेन अली र अर्का सोही वडाका मोहनपुर बस्ने २६ बर्षिया आशा सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाईते मोहनपुरकी ४० बर्षिया समिद्रा सदाको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने अर्का जलजलेका ४५ बर्षिय शम्भु सदा जिल्ला अस्पताल उदयपुरमा उपचार पश्वात आजै( सोमबार) डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पश्चात ट्याक्टर चालक सोही वडा बगरटोलका बिलेतिय भन्ने मनोज साह घटनास्थलबाटै फरार रहेकोले जिल्ला प्रहरी कार्यालयको प्रमुख उपरीक्षक राजन चापागाईंले चालक साहको खोजी कार्य भैइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।