संबाददाता: सम्बादाता

उदयपुरको कटारी नगरपालिका– ८ मा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कटारी नगरपालिका १० का चालक २२ बर्षिय नवीन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी कमल बजगाईंले बताउनुभयो ।
डिएसपी बजगाईकाए अनुसार शनिबार सिद्धिचरण लोकमार्गको सिरिसे खण्डको दमारमा को.१क २७९५ नम्बरको जेसिबी अनियन्त्रित भएर सडकबाट ६० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।
‘मृतक चालकको शव कटारी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।