संबाददाता: सम्बादादा

⊕कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्टले मुलुकमा डरलाग्दो रूपमा भ्रष्टाचार बढी रहेकोे बताउनुभयो । तल्लो तहदेखि माथिल्लो तहसम्मका भ्रष्टाचारमा कुनै न कुनै रूपले राजनैतिक नेतृत्व जोडिने गरेको उहाँको दाबी रहेको छ । मुलुक भ्रस्टाचारको चपेटामा परेर उदोगति गैरहेको चिन्ता व्यक्त गर्नुभयो ।
जिल्ला उधोग बाणिज्य संघ उदयपुरको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिबेशनको उद्घाटन गर्दै सभामुख बिष्टले भन्नुभयो -“स्थानिय उत्पादन बाहिर निर्यात गर्न नसकीरहेकोे अबस्थामा आयात बढेर गइरहेको जस्को कारण मुलुकको आर्थिक अबस्था दयनीय बन्दै गइरहेको छ । र, जसका कारण भुकम्पपछि कोरोनाकालका कारण खस्किएको ब्यापार ब्याबसायमा केहि सुधार हुदै गइरहेकोसमेत भन्नुभभयो ।”
संक्रमणकालिन अबस्थामा बैंकहरुले बढी नाफा कमाउने उदेश्यले ब्यापारीहरुलाई चर्को ब्याज लिएर ढाड सेक्ने काम गरेर आर्थिक क्षेत्रलाई तहस नहस बनाएको उहाँले बताउनुभयो ।
जिल्लाको अधिकास सडक संजालमा जोडिएका ऐलानी जग्गाका कारण करको दायरामा आउन नसकेको अध्यक्ष चुडामणी कार्कीको प्रतिबेदनमा उल्लेख रहेको छ ।
कर रहर होईन, बाध्यता हो ।तर, कर तिर्छु भन्दा पनि कर तिर्न ब्यबसायीहरुले नपाईरहेको उहाँको सस्थागत प्रतिबेदनमा रहेको थियो ।
त्यसैगरी ९ नम्बर वडाका अध्यक्ष राजकुमार दनुवारले भन्नुभयो -” ब्यबसाय र व्यावसायिकहरुका लागि नगरपालिकाको नीति तथा कार्यक्रममा नै कुरा राख्नुपर्ने औलाउनुभयो ।ब्यबसायी र नगरपालिका दुबैको सहकार्यमा अघिबढे उधोमी ब्यबसायी र नगरपालिका दुबैलाई फाईदा हुने बताउनुभयो ।é