२० आषाढ २०८२, शुक्रबार

सदरमुकाम गाईघाटको नमुना बिधालयको स्वागत कार्यक्रम सम्पन्न

संबाददाता: सम्बादाता

गाईघाट ,२० असार ।

सदरमुकाम गाईघाटको नमुना बिधालय त्रियुगा नमूना  उच्च माबिको सिभिल इन्जिनियर प्राबिधिक धारतर्फका नब आगन्तुक विद्यार्थीलाई स्वागत तथा शुभकामना बधाई  कार्यक्रम  गरि सप्पन्न गरिएको छ ।

बिगत बर्षमा झै यो पटक पनि कक्षा ९ मा भर्ना भएका  नब आगन्तुक विद्यार्थीलाई बिद्यालयले स्वागत तथा  बधाई  शुभकामना  आदानप्रदान कार्यक्रम गरि स्वागत गरेका छन  भने एसईईमा उतिर्ण भएका प्रथम ,द्वितीय  र तृतीय  विद्यार्थीलाई पुरस्कार  बितरण गरिएको छ ।

 

सिभिल इन्जिनियर प्राबिधिक  धारतर्फ कक्षा १० मा  अपग्रेट भएका प्रथम ,द्वितीय र तृतीय विद्यार्थी  साथै कक्षा ११ बाट १२ प्रबेश गरेका प्रथम द्वितीय र तृतीय  विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कर प्रदान गरिको सिभिल इन्जिनियर प्राबिधिक धारतर्फका प्रमुख  डिबि कार्कीले जानकारी दिनुभयो ।

 

नमुना उमाबि गाईघाटको ९-१२ कक्षामा अध्ययनरत विद्यार्थीले कार्यक्रममा सास्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।  प्राबिधिक धारका एस ईई तर्फ ९९प्रतिशत बिद्यार्थीले राम्रो अन्क प्रदान गरि उतिर्ण भएको बिधालयले जनाएको छ ।  नमुना बिधालयको रुपमा रहेका सो बिधालयमा अङ्ग्रेजी माध्यम र नेपाली माध्यम र प्राबिधिक तर्फ गरि ३ हजारमाथि बिद्यार्थी रहेको छ ।

 

बिद्यालयले गर्ने अभिभावक भेलामा सबै विद्यार्थीका अभिभावकलाई चिट्ठी ,फोन  र म्यासेज गरि खबर पठाउदा समेत आफ्ना छोराछोरीको पढाईको बिषयमा अभिभावक चासोहिन हुने गरेको बिधालय प्रध्यानाधापक सुभाष बिष्टले बताउनुभयो । उहाँ भन्नुहुन्छ-” कोहि विद्यार्थीका अभिभावकहरु  आफ्ना नानिबाबुको पढाईको बारेमा सुझबुझ गर्न नआउने गुनासो पोख्नुभयो ।  “विद्यार्थीले पढ्ने काम हो , अनुशासनको पालना गर्ने हो । मिहिनेत गरे भोलीको भबिस्य सुनिस्चित रहेको छ ।”

सीप सिक्ने पढाइ हो । सिपले भोको पर्दैन । बिधालयको ठूलो भवन ,ठूलो चौरी देखेर बिधालय प्रबेश नगर्नु , यहाँ  पढ्न आको हो पढ्नै पर्छ र गुरुहरुले सिकाएका र भनेका  कुरा मान्ने विद्यार्थीले जिवनमा दुख भोग्नु नपर्ने प्र.अ  बिष्टले भन्नुभयो ।

जीवन जसरी नि चलाउन सकिन्छ । गिटिबालुवा ड्राइभर पसले हुनु पढ्नै पर्छ भन्ने होईन तर जीवन सहज चलाउन पढाइ निकै महत्त्वपूर्ण भएको सुझाउनु समेत भयो ।   ओजिटीमा नआउने विद्यार्थीलाई   पास गरेको प्रमाणपत्रले मात्र खान दिदैन, सीप सिक्नु अनिवार्यता रहेको छ किनकी यो सब इन्जिनियर पढाइ नै फिल्ड वर्क सीप हो ।

 

सिपजन्य पढाईमा ओजेटी निकै प्रभावकारी हुने बताउनुभयो । प्राक्टिकल नगर्ने विद्यार्थीको सठिफिकेट सडकमा फ्याले सरह हुनेसमेत सुझाउनुभयो । अनिवार्यता ओजिटिमा सामेल हुनुपर्ने भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।

गाईघाटमा मेला लाग्छ दिनहु मेला आउँछ तर अभिभावक स्कुल बोलाउदा पनि आउदैन । अनि कसरी विद्यार्थीले  प्रगती गरोस । चासो आफ्ना बालबच्चाको  हुनु आवाश्यक भएको औलाउनुभयो ।

त्यसैगरी बिब्यस सदस्य  जीवन पाण्डे,  प्राबिधिक धार प्रमुख ,डिबि कार्की ,  शिक्षक बिनोद खतिवडा ,र प्रज्ज्वल श्रेष्ठले  कार्यक्रममा बोल्नुभयो साथै अभिभावकको तर्फबाट यमन राईडोनेले भने -” कुनै काम छैन विद्यार्थीको  अरु  तर  पढ्ने काम नै  एक मात्र हो भन्ने कुरा बताउनुभयो  ।